बेरोजगार व्यक्तिको विवरण पठाउने समय वैशाख १५ सम्म थप « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


बेरोजगार व्यक्तिको विवरण पठाउने समय वैशाख १५ सम्म थप


0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा बेरोजगार व्यक्तिको विवरण पठाउने समयसीमा वैशाख १५ गतेसम्मका लागि थप गरेको छ ।

स्थानीय तहले म्याद थप गर्न आग्रह गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १५ गतेसम्म समय थप गरेको हो ।

यसअघि न्यूनतम रोजगारीमा खटिने बेरोजगार व्यक्तिको सूचीकरण २०७७ चैत मसान्तसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा प्रविष्ट गरिसक्नुपर्ने व्यवस्था थियो ।

वैशाख ७ गतेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेकाले तोकिएको समयभित्र इएमआइएस प्रणालीमा प्रविष्ट गर्न स्थानीय तहलाई आग्रह गरिएको मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।

इएमआइएसमा प्रविष्ट भएको संख्याको आधारमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजन हुनेछ ।