Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउ


0
Shares

दिपक घिमिरे

रुपन्देही । रुपन्देहीमा संक्रमणको जोखिम बढ्दै गए पनि नियन्त्रणका लागि भने खासै प्रभावकारी काम हुन सकेको छैन । नेपालमा देखिएका पछिल्ला कोभिड संक्रमितमध्ये अधिकांशको ट्राभल्स हिस्ट्रीमा भारतका विभिन्न शहर उल्लेख गरिएको छ ।

खुल्ला सीमाका कारण नेपाल–भारत आउजाउ गर्न सहज भएकोले गर्दा पनि सीमावर्ती क्षेत्रमा यसले गर्दा सक्रमण फैलिएको देखिएको छ । रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक सरदर एक हजारको हाराहारीमा नेपाल प्रवेश गर्ने गरेको भए पनि ४/५ सय जनाको मात्रै सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा इन्ट्री गर्ने गरिएको छ ।

हेल्थ डेस्कमा जनशक्तिको अभाव भएको भन्दै ९ जनाको दरबन्दी एको ठाउँमा तीन जना स्वास्थ्यकर्मी राखिएको छ । जसले गर्दा भारतमा रोजगारी गरी फर्कनेहरुको ज्वरो नापजाँचमा समेत समस्या भएको छ । हेल्थ डेस्क प्रभावहीन छ । भारतबाट आउने नागरिकलाई अनुहार हेरेर प्रवेश दिने गरिएको छ ।

ज्वरो नाप्दा १०० डिग्री भन्दा माथि आएका र सामान्य लक्षण देखिएकालाई भने नजिकै रहेको होल्डिङ सेन्टरमा रहेको एन्टिजीन जाँच गर्ने स्थानमा लगेर जाँच गर्ने गरिएको हेल्थ डेक्सकी ल्याब टेक्निसीएन दिया शर्माले जनाकारी दिनुभएको छ ।

जिल्लामा कोरोना संक्रमण दर उच्च बन्दै गएपछि जिल्लास्तरीय कोडिभ संकट व्यवस्थापन केन्द्रले सीमा नाकामा होल्डिङसेन्टर स्थापना, आइसोलेसन, आईसीयू, भेन्टिलेटर थप गर्ने तयारी गरिरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभएको छ।

हाल रुपन्देहीमा बिहीबारसम्म ५९५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय नाघेको छ । जिल्लामा तीव्र रुपमा फैलँदो संक्रमणलाई रोक्न सीमामा कडाइसँगै स्वास्थ्य मापदण्ड पालनालाई थप प्रभावकारी बनाउनुपर्छ । योसँगै आम नागरिक पनि सचेत हुन जरुरी छ