महरा र रोशनीको फरेन्सिक जाँच : रोशनीको चोटपटकमा बाहिरी मानिसको संलग्नता • Image Khabar Image Khabar


महरा र रोशनीको फरेन्सिक जाँच : रोशनीको चोटपटकमा बाहिरी मानिसको संलग्नता


Imagekhabar
२८ आश्विन २०७६, मंगलवार ०६:४९

महरा र रोशनीको फरेन्सिक जाँच : रोशनीको चोटपटकमा बाहिरी मानिसको संलग्नता

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टी भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो ।

प्रहरीले रोशनीलाई अशोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ ।

रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्