२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


उपत्यकामा ११७४ सहित २४२८ जना संक्रमित थपिए


0
Shares

काठमाडौं, बैशाख ९ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ ।

बिहीबार २४ सय २८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ पीसीआर परीक्षणबाट २३ सय ६५ तथा ४ सय ४७ एन्टिजेन परीक्षणबाट ६३ जना गरी २४ सय २८ जनामा संक्रमण देखिएको हो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ११ सय ७४ जना हुन् ।

काठमाडौंका ९ सय ८७, ललितपुरका १ सय ६ तथा भक्तपुरका ८१ जना थपिएका छन् ।

बाँकेमा २ सय ७७, रुपन्देहीमा १ सय २५, मोरङमा १ सय १३, पर्सामा ७९, पाल्पामा ४२, बर्दियामा ३१ तथा गुल्मीमा १० जना थपिएका छन् ।

नयाँ थपिने संक्रमितमा १९ वर्ष मुनिका २ सय ३९ जना, २० देखि २९ वर्षका ५ सय ७५ जना, ३० देखि ३९ वर्षका ५ सय ५५ तथा ४० देखि ४९ वर्षका ४ सय ४० जना हुन् ।

बुधबारमात्र २३ सय ५१ जना संक्रमित थपिएका थिए ।

योसँगै हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको छ । बिहीबार ५ जना मृतक थपिएसँगै कुल मृतकको संख्या ३१ सय १७ पुगेको छ ।

बिहीबार २ सय ५२ जनामात्र संक्रमणमुक्त भएका छन् ।