
काठमाडौं, बैशाख ९ । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ ।
साताभर जसो ओरालो लागेको बजार अन्तिम दिन बिहीबार दोहोरो अंकले सुधारिएको हो ।
तीब्र उतार चढावबीच नेप्से १५ अंकले उकालो लागेर २६ सय ४८ पुगेर थामियो ।
होटल तथा पर्यटन र सामुहिक लगानी कोष बाहेक अरु सबै समूहमा हरियाली छायो ।
जीवन र निर्जीबन बीमा समूह दुबै १ सय १४ अंकले उकालो लागे । लघुवित्त समूह ५३ अंकले बढ्यो ।
उत्पादनमूलक समूह ४७ अंकले उक्लियो । विकास बैंक, अन्य र व्यापार समूह पनि दोहोरो अंकले सुधारिए ।
वाणिज्य बैंक समूह ९ अंकले उकालो लाग्यो । होटल तथा पर्यटन समूह भने ५३ अंकले ओरालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १४ कम्पनीको १ करोड ३० लाख कित्ता शेयर ५ अर्ब ९२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्