
काठमाडौं, बैशाख ८ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रकै ठूलो दाबी भुक्तानी गरेको छ ।
कम्पनीले कञ्चनपुरका बेदकोट निवासी हरि प्रसाद पन्तका हकवाला परुदेवि पन्तलाई ४ करोड रुपैयाँको दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।
बुधबार कम्पनीले गरेको विशेष कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमांक रकम हस्तान्तरण गर्नुभएको हो ।
कञ्चनपुर बेदकोट निवासी पन्तले ४ करोडको जीवन बीमालेख खरीद गरेकोमा २०७६ कात्तिकमा उहाँको निधन भएसंगै निजको हकवाला परुदेविलाई बीमा रकम प्रदान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्