बाग्लुङमा उप–निर्वाचनका लागि कांग्रेसबाट चार जनाको सिफारिस • Image Khabar Image Khabar


बाग्लुङमा उप–निर्वाचनका लागि कांग्रेसबाट चार जनाको सिफारिस


Imagekhabar
२७ आश्विन २०७६, सोमबार ११:३८

बाग्लुङमा उप–निर्वाचनका लागि कांग्रेसबाट चार जनाको सिफारिस

बाग्लुङ । बाग्लुङमा उप–निर्वाचनको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट चार जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

आगामी मसिंर १४ गते प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहहरुमा रिक्त रहेको पदको उप निर्वाचन हुँदैछ ।

बागलुङ क्षेत्र नम्बर २ ‘ख’ मा प्रदेश सभा सदस्य र बडिगाड गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्ष पदका लागि उप–निर्वाचन हुँदै छ ।

प्रदेश सभा सदस्यमा निर्वाचित टेकबहादुर घर्तीको निधन भएको र वडा अध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि यी दुवै स्थान रिक्त रहेका थिए ।

विभिन्न राजनीतिक दलहरु आफ्नो पाटीभित्र उम्मेदवार छनौट प्रक्रियामा लागेका छन् ।

काँग्रेसको प्रदेश क्षेत्रीय समितिले पार्टी भित्रका सम्भावित चार उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको क्षेत्रीय सभापति नरजंग घर्तीले जानकारी दिए ।

उम्मेवारका लागि काँग्रेसका महाधिवेशन प्रतिनिधि जित बहादुर शेरचन, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति द्रोण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्तीको नाम केन्द्रमा पठाएको हो ।

उम्मेदवारको नाम सिफारिस गरे पनि टुंगो भने केन्द्रीय समितिले लगाउने नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्