२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति, यस्तो छ उच्चस्तरीय भ्रमणको सिलसिला


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, असोज २५ । नेपाल र उत्तरी छिमेकी चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको ६ दशकभन्दा बढी भइसकेको छ ।

यसबीचमा दुवैतर्फबाट उच्चस्तरीय भ्रमणहरु भएपनि चीनबाट यसअघि दुईजना राष्ट्रपतिले मात्रै नेपाल भ्रमण गरेका छन् । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति बनेका छन् ।

सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण दुईपटकमात्र भएको थियो । प्रधानमन्त्रीस्तरीय भ्रमण ६ पटक भएको छ ।

चारजना चिनियाँ उपप्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छन् ।

सन् १९५७ मा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले नेपालमा पाँचदिने भ्रमण गरे ।

त्यसपछि १९६० मा दोस्रोपटक नेपाल आउँदा चाउ एललाइले उपप्रधानमन्त्री चेन यीलाई पनि साथै लिएर नेपाल आए ।

सन् १९७५ मा उपप्रधानमन्त्री चेन सिलियानले पाँचदिने नेपाल भ्रमण गरे ।

फेब्रुअरी १९७८ मा चिनियाँ उपप्रधानमन्त्री तङ स्याओफिङले नेपालको तीनदिने भ्रमण गरे भने १९८१ मा प्रधानमन्त्री चाओ चियाङले चारदिने भ्रमण गरे ।

सन् १९८४ मार्चमा प्रथमपटक चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरे । तत्कालीन राष्ट्रपति ली सियाननियानले नेपालको पाँचदिने औपचारिक भ्रमण गरेका थिए ।

१९८७ मा उपप्रधानमन्त्री चियाओ सीले नेपाल भ्रमण गरे ।

तत्कालीन प्रधानमन्त्री ली फङ्ले १९८९ नोभेम्बरमा नेपालको तीनदिने भ्रमण गरे ।

त्यसपछि उपप्रधानमन्त्री चियान् चिचेन् १९९४ मा नेपाल आए ।

त्यसपछि १९९६ मा राष्ट्रपति चियाङ चमिनले दुईदिने नेपाल भ्रमण गरे ।

मे २००१ मा प्रधानमन्त्री चु रोङ्ची नेपाल आए भने २०१२ मा प्रधानमन्त्री वेन चियापाओले नेपाल भ्रमण गरे । –एजेन्सीको सहयोगमा ।