काठमाडौं, असोज २४ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले सरकार र राजनीतिक दलहरुमा विवेकपूर्ण आचरणको कमी रहेको बताएका छन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको तमू समुदायको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले राष्ट्रको उन्नति र प्रगति सरकार र दलहरुको विवेक र असल आचरणमा भरपर्ने धारणा राखे ।
राजनीतिक वृत्तमा देखिएको अविश्वासको वातावरणलाई हटाउँदै संविधानले निर्दिष्ट गरेको मार्गमा लाग्न उनले आग्रह गरे ।
पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरुलाई पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।
आदिवासी तमू समुदायले आफ्नो भाषा र संस्कृति संरक्षण गर्दै आफ्नो मौलिक पहिचान कायम राख्न सफल रहेको उनको भनाइ थियो ।
सम्मेलन दुई दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्