पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार • Image Khabar Image Khabar


पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार


Imagekhabar
२४ आश्विन २०७६, शुक्रबार ०९:४५

पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार

स्टकहोम, असोज २४ । सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्यान्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।

सन् २०१८ मा एक विवादास्पद यौनकान्डका कारण साहित्यतर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन ।

स्वीडिस एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुवै पुरस्कारको घोषणा गरेका थिए ।

पुरस्कारका लागि ८ जनाको नाम प्रारम्भिक छनोटमा परेको र त्यसमध्ये दुईजनालाई सन् २०१८ र २०१९ का लागि पुरस्कृत गर्ने निर्णय भएको नोेबेल कमिटीका अध्यक्ष एन्डर्स ओल्सोनले बताए ।

पुरस्कृत व्यक्तित्वहरुले जनही ९ लाख १८ हजार अमेरिकी डलर र स्वर्णपदक एवं प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उक्त पुरस्कार आगामी डिसेम्बर १० मा स्टकहोममा विशेष समारोहबीच प्रदान गरिनेछ ।

यसअघि नै रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको पुरस्कार घोषणा गरिसकिएको छ । रासस/एपी

प्रतिक्रिया दिनुहोस्