२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


उपत्यकामा ३४८ सहित ८३६ जनामा संक्रमण, ४ जनाको मृत्यु


0
Shares

काठमाडौं, बैशाख ३ । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३४८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका २८६, ललितपुरका ४३ र भक्तपुरका १९ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा संक्रमितको संख्या ३४८ पुगेको छ ।

शुक्रबार २०८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३७ पीसीआर परीक्षण गरिएको छ भने ६ सय २१ एन्टिजेन परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।