Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सुखद हुन सकेन २०७७ को अर्थतन्त्र


0
Shares

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु पर्‍यो। निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमिकतामा राखे पनि मुलुकको आर्थिक क्षेत्रका लागि २०७७ सुखद हुन सकेन।

२०७८ लाई स्वागत गर्दा अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि २०७७ मा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायत सबै क्षेत्र प्रभावित भए। ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको भए पनि २०१९/२० मा आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक भयो। कोरोना असरका कारण अर्थतन्त्र ऋणात्मक भएको हो। पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर साढे ६ प्रतिशत माथि थियो।  

वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ।   नागिरक