इलाममा चियाको “फस्ट फ्लस” सुरु « Image Khabar


इलाममा चियाको “फस्ट फ्लस” सुरु


Imagekhabar
२९ चैत्र २०७७, आईतवार १२:२०

इलाम । इलाममा चियाको पहिलो टिपाई “फस्ट फ्लस” शुरु भएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागि समेत छिट्टै टिपाई थालिएको हो ।

यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ ।

उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मुल्य उच्च हुन्छ । यता, चिया टिपाई शुरु भएपछि जिल्लाका केही चिया कारखानाले प्रशोधन गर्न समेत थालेका छन ।

पहिलो टिपाई जति छिटो बजारमा पु¥याउन सक्यो त्यस पछिको बजारमा बिक्रि गर्न सहयोग मिल्ने भएकाले कारखानाले थोरै हरियो पत्ति भए पनि प्रशोधन गर्ने गरेका छन ।

अर्थोडक्स चिया उत्पादनका लागि अग्रणी रहेको इलामका कृषकले वार्षिक ४० लाख किलो तयारी चिया उत्पादन गर्ने गरेकोे तथ्याङकमा छ ।

इलाम जिल्लामा २४ वटा ठूला र ४२ वटा साना चिया कारखाना सञ्चालित छन । यहाँका करिब १२ हजार कृषकले कारखानालाई चियापत्ति विक्री गर्दै आईरहेको छन ।

प्रतिक्रिया दिनुहोस्