
काठमाडौं, असोज १७ । ललितपुर महानगरपालिका–४, झम्सीखेलस्थित पाहुना ब्रेड एन्ड ब्रेकफास्ट रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा बिहीबार राति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी रु दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्