
काठमाडौं । दशैंको समयमा अर्थतन्त्र चलायमान हुने गरेको छ । दशैंको समयमा औपचारीक कारोबार पनि बढ्ने गर्छ ।
नेपालको आयातमुखी अर्थतन्त्र भएका कारण विभिन्न देशहरुबाट वस्तु आयात हुने गर्छ ।
नेपालमा दशैको समयमा मरमसला, तरकारी, खाद्य सामाग्री, गाडी जस्ता वस्तुहरुको आयात उल्लेख्य बढ्छ ।
यो समयमा उपभोक्ताहरुको नयाँ वस्तुहरु किन्नै पर्छ भन्ने मानसिकताले गर्दा खर्च बढी हुन्छ । यसले अर्थतन्त्र चलायमान हुने गरेको छ ।
दशैंको समयमा मात्र ५० अर्ब बढिको कारोबार हुने गरेको राष्ट्र बैंकको तथ्याकं छ । गत वर्ष दशैमा ५२ अर्ब खर्च भर्एको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।
यस वर्षको दशैमा पनि ६० अर्ब सम्म खर्च पुग्ने अनुमान बैंकको छ ।
यो समयमा उपभोक्ताहरुको क्रयशक्ति पनि बढ्ने र खर्च अत्यधिक हुने कारणले गर्दा अर्थतन्त्र नै चलायमान हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला बताउँछन् ।
तर यतिखेर मूल्य बृद्धि पनि उल्लेख्य बढ्दा उपभोक्ता मर्कामा परेको बताउँछन् ।
सरकार कमजोर हुँदा व्यवसायी हाबी भई बजार मूल्य अस्वाभाविक रुपमा बढेको विश्लेष गर्छन अर्थविद् केशव आचार्य ।
यस वर्ष भारतबाट भित्रिने सामाग्रीमा क्वारेन्टाईनको व्यवस्था र सरकारले लागु गरेको भेहिकल कन्साईन्टमेन्टएण्ड ट्रयाकिङ सिस्टमका कारणले पनि मुल्यवृद्धि भएको आचार्यको भनाई छ ।
सरकारले व्यवसायीलाई हाबी हुन नदिन प्रभावकारी अनुगमन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस्