 
	    एजेन्सी । भारतको दिल्ली उच्च अदालतले कारमा एक्लै हुँदा पनि मास्क लगाउनुपर्ने आदेश दिएको छ । कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्न अदालतले मास्क वरपरका मानिसहरूका लागि पनि सुरक्षा कवच भएको बताएको छ ।
न्यायाधीश प्रतिभा एम सिंहले महामारीको संकट बढेको भन्दै खोप लगाएका वा नलगाएका जोसुकैले मास्क लगाउन भन्नुभएको छ । उहाँले कोराना भाइरसबाट कोही सुरक्षित नरहेको समेत बताउनुभयो ।
सुनवाइको क्रममा केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक्लो चालकले मास्क लगाउनु पर्ने कुनै नियम नभएको अदालतमा जानकारी दिएको थियो । तर, प्रत्येक राज्यलाई आफ्नो नियम बनाउने र लागू गर्ने अधिकार रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, भारतमा हिजो एकैदिन १ लाख २६ हजार भन्दा धेरैमा कोरोना भाइरस संक्रमण पूष्टि भएको छ । वल्र्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार भारतमा हिजोमात्रै १ लाख २६ हजार ३ सय १५ जनामा कोरोना संक्रमण पूष्टि भएको हो ।
यस अवधिमा त्यहाँ ६ सय ८४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ । त्यहाँ सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २ सय ६४ रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्