Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


थप १ सय २८ जना काेराेना संक्रमित, एक जनाको मृत्यु


0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ७ सय २७ जनाको पिसिआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको छ । जसमध्ये १ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ । हाल ५९ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ६१ जना उपचारपछि डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ जना पुगेको मन्त्रालयले जनाएको छ।