
काठमाडौं, साउन ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बाँचुन्जेल जनता र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा दाहालले नेताहरुको सपना साकार गर्न दुःख कष्टपूर्वक अघि बढिरहने बताए । उनले अहिलेको सरकारले विकास र समृद्धिको चाहना पूरा गर्ने दावी पनि गरे ।
संस्थापक नेता नरबहादुर कर्माचार्यले मजदुर आन्दोलनको नेतृत्व गर्दै एकता र सही विचारका साथ समाजलाई मार्ग निर्देशन गरेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्