
सिन्धुली । सरकारले वन पैदावर बिक्री वितरण गर्न फुकुवा नगर्दा काठ दाउराहरु वनमै सडेर जाँदा करोडौंको राजस्व गुम्दै गएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकास्थित दक्षिणकाली सामुदायिक वन उपभोक्ता समितिले काठ दाउरा फुकुवा नहुँदा राजस्व नोक्सान भएको भन्दै फुकुवा गर्न माग गरेको छ ।
सरकारले काठ दाउरामा प्रतिबन्ध लगाएका कारण काठ दाउराहरुको समेत अभाव रहेको बताइएको छ । वन पैदावरको सदुपयोग गर्न, काठ दाउराको सदुपयोग गर्न सामुदायिक वन समुहहरु नै सक्रिय हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
सामुदायिक वनबाट काठ दाउराहरुको निकासी र खपतमा प्रतिबन्ध लगाएका कारण भुकम्प पीडितहरुले सुरक्षित घर आवास निर्माणकालागि समेत काठको आपर्ति गर्न नपाउँदा समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्