
एजेन्सी । अमेरिकी संसद भववनमा भएको आक्रमणमा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य केही सुरक्षाकर्मी पनि घाइते भएको बीबीसीले जनाएको छ ।
सुरक्षा पोष्टमा एउटा कार ठोक्काएर एक जना शंकास्पद व्यक्तिले छुरा प्रहार गर्न खोजेको प्रहरीको दावी छ । घटनामा प्रहरीले जवाफी कारवाही गर्दा ती व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।
घटनामा संलग्न भएका २५ वर्षिय संधिग्दको पहिचान भएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् । घटनामा आतंककारी संलग्नता नभएको बताइएको छ ।
घटनालगत्तै प्रहरीले पत्रकार सम्मेलन गरेर आक्रमणकारीको संलग्नता आंतककारीसँग नभएको जनाएको छ । घटनालगत्तै संसद भवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । हाल अमेरिकी संसद स्थगित भएपनि त्यहाँको सुरक्षा कडा पारिएको समाचारमा जनाइएको छ ।
गत जनवरीको पहिलो हप्ता राष्ट्रपति निर्वाचनको अन्तिम मतपरीणाम सार्वजनिक गर्ने क्रममा संसद भवनमा आक्रमण भएको थियो । सो आक्रमण तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको भन्दै सर्वत्र आलोचना भएको थियो ।
सोही घटनालगत्तै अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । कार्यकाल सकिन एकसाता बाँकी रहँदा दर्ता भएको महाअभियोग प्रस्ताव संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा पठाएका थियो ।
प्रतिक्रिया दिनुहोस्