Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


राष्ट्रिय लिग भलिबलमा आज ६ खेल हुँदै


0
Shares

काठमाडौं । आर.बी.बी–एन.भी.ए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा आज ६ वटा खेल हुनेछ ।

आज पुरुष र महिला दुबै स्पर्धामा तीन तीन वटा खेल हुने तालिका छ ।

पुरुषतर्फ आज हेल्प नेपाल स्पोर्ट्स क्लब र नयाँ बजार सामाजिक युवा क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र मणिमुकुन्द भलिबल क्लब तथा त्रिभुवन आर्मी क्लब र बुल्बुले रारा क्लब भिड्नेछन् ।

यसैगरी महिलातर्फ एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र भरतपुर मेट्रो खेलकुद परिषद् तथा न्यु डायमण्ड स्पोर्ट्स क्लब र बिभुवन आर्मी क्लबबिच खेल हुँदैछ ।

हिजो सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोली सहभागी छन् ।

प्रतियोगिताको पहिलो दिन हिजो पुरुषतर्फ तिन विभागिय टोली आर्मी, पुलिस र एपिएफ विजयी हुँदा महिलातर्फको एक मात्र खेलमा न्यु डायमण्ड विजयी भएको थियो ।