सभामुख महरामाथि लागेको आरोपको निष्पक्ष छानविन होस : गगन थापा • Image Khabar Image Khabar


सभामुख महरामाथि लागेको आरोपको निष्पक्ष छानविन होस : गगन थापा


Imagekhabar
१४ आश्विन २०७६, मंगलवार ११:५२

सभामुख महरामाथि लागेको आरोपको निष्पक्ष छानविन होस : गगन थापा

बुटबल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले निष्पक्ष अनुसन्धानको लागि सभामुखले पदबाट राजीनामा दिनुपर्ने भन्दै आम नागरिकलाई कानुनले जसरी हेर्छ सभामुखलाई पनि त्यसरी नै हेर्नुपर्ने बताए ।

उनले पछिल्लो घटना क्रमबाट नेपाल प्रहरीले आफ्नो शाख गुमाएको आरोप लगाउँदै यस घटनाबाट प्रहरीले आफ्नो शाख फर्काउने मौंका समेत पाएको बताए ।

नेता थापाले नेपाली काँग्रेसका सबै तहका विवाद तिन दिन भित्र टुंगो लाग्ने दावी समेत गरे ।

काँग्रेसले बनाएको छाँया सरकारले काम गर्न नसकेको स्वीकार गर्दै उनले त्यसको समिक्षा पनि छिट्टै हुने दावी गरे । 

प्रतिक्रिया दिनुहोस्