३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


चितवन मेडिकल कलेजका विद्यार्थीहरु पुनः आन्दोलनमा


0
Shares

चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारले तोकेको भन्दा बढी लिएको शुल्क असोज १० गते भित्र फिर्ता गर्ने गरी प्रतिवेदन तयार पार्ने सहमति पालना नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

कलेजले पूर्व सहमति अनुसार विद्यार्थीहरुबाट लिएको रकमको पुरै विवरण नदिएको भन्दै उनीहरुले आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए ।

आज उनीहरुले चितवन मेडिकल कलेज अगाडी विरोध सभा गरेका छन् ।