Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


भुसाल चुनाव जित्यो कि फुटमा सक्रिय भइहाल्छन्ः सूर्य थापा


0
Shares

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता घनश्याम भुसाल पार्टी फुटमा लागेको आरोप लगाउनु भएको छ ।

भुसाल निर्वाचन जितेसँगैं पार्टी फुटमा लाग्ने गरेको उहाँले आरोप लगाउनु भएको हो ।

थापाले भन्नुभएको छ, ‘भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो दुवै निर्वाचन जितेपछि पार्टी फुटमा लाग्नुभयो ।’

बुधबार ट्विट गर्दै थापाले २०५१ को उपनिर्वाचन जितेपछि ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपरेको स्मरण गर्नुभयो ।

‘त्यस्तै ०७४ मा चुनाव जितेपछि ०७७ पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो’, थापाले लेख्नु भएको छ ।

चुनाव जित्यो कि फुटमा सक्रिय हुने संयोग कि नियति ? भन्दै थापाले प्रश्न गर्नुभएको छ ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नीति विपरित काम गरेको भन्दै भुषाललगायत ४ नेतालाई स्पष्टीकरण सोध्नुभएको थियो । भुषालले एमाले फुटाउन सक्रिय भूमिका खेलेको अध्यक्ष ओली पक्षका नेताको आरोप छ ।

। यता भुसालले भने ओली नै पार्टी फुटाउन लागि पारेको स्पष्ट पार्नु भएको छ ।