काठमाडौं, असोज १३ । समाजवादी नेपाल पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गम्भीर प्रश्न खडा गरेका छन् ।
पछिल्लो समय नेपाली राजनीतिमा खुब चर्चामा आएका शब्द प्रयोगमा आपत्ति जनाउँदै उनले प्रश्न गरेका हुन् । विम्बका रुममा प्रयोग गर्न थालिएका अरिंगाल, सिंह, शिकारीजस्ता शब्दलाई प्रयोगमा ल्याउने केही नेताको नामै लिएर उनले ती शब्दको विकल्प सुझाउँदै उनले प्रश्न गरेका छन् ।
सोमबार ट्वीट गर्दै उनले लेखेका छन्, ‘ओली : अरिंगाल.. बघिनी, प्रचण्ड : सिंह, गगन : हामी शिकारी, देउवा : कम्युनिस्ट सिध्याउँछौं !’
उनले प्रश्न गरेका छन्, ‘जनवाद र लोकतन्त्रको दुहाई दिने कम्युनिस्ट र कांग्रेस नेताहरुको भाषा यस्तै हो ?’
डा. भट्टराईले ती शब्दका सट्टा केही विकल्प प्रस्तुत गर्दै अगाडि लेखेका छन्, ‘अरिंगाल सट्टा मौरी, बघिनी सट्टा कुखुरी, सिंह सट्टा गोरु/गधा, शिकारी सट्टा वनरक्षक, सिध्याउँछु सट्टा बदल्छु भन्दा के हुन्छ ?’
प्रतिक्रिया दिनुहोस्