 
	    कन्चनपुर, असोज १३ । कन्चनपुरमा बजार अनुगमन औपचारिकतामै सीमित भएको छ ।
बजारमा अखाद्य वस्तु तथा मापदन्डविपरीत सन्चालित पसलहरु भेटिएपनि कसैमाथि कारबाही नभएपछि चाडवाडलक्षित बजार अनुगमन औपचारिकतामा मात्रै सीमित भएको हो ।
स्थानीय प्रशासनसहितको अनुगमन टोली महेन्द्रनगरको सब्जीमन्डी पुग्दा धेरै मासु पसलहरु बन्द भइसकेका थिए । खुलेका पसलहरुमासमेत पसलेहरुको भागाभाग भएको थियो ।
अनुगमनकाक्रममा अधिकांश बधशाला तथा मासु पसलले न्यूनतम् मापदन्ड पूरा नगरेको पाइएको छ ।
पसलमा मान्छे नै नभेटिएपछि टोलीले कारबाही गर्ने र निर्देशन दिनुको साटो पसलहरुको अवलोकन गरेर फर्किएको छ ।
महेन्द्रनगरका अधिकांश किराना पसलमा भने म्याद नाघेका खाद्यवस्तु बरामद भएका छन् । जसमध्ये बिस्कुट, आलुचिप्स, चियो पेयपदार्थ, मसला बढी भेटिएका छन् ।
त्यस्तै, ९० प्रतिशत पसलहरुमा मूल्यसूची नराखेको भेटिएको छ ।
टोलीले बरामद भएका म्याद नाघेका खाद्यवस्तुकोे मुचुल्का उठाएपनि कसैमाथि कारबाही भने गरेको छैन ।
बजार अनुगमनकाक्रममा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, आन्तरिक राजस्व कार्यालय, नगरपालिकालगायतको सहभागिता रहेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्