Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


स्याङ्जामा १५ वर्षीया युवतीलाई जबरजस्ती गर्ने चार पक्राउ


0
Shares

सागर न्यौपाने

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार चार जना पुरुषहरुले १५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रक्राउ परेका उनीहरुलाई करणी सम्बन्धी कसुर, जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ६ बस्ने २९ वर्षीय जेवन्त बहादुर खवास, ४२ वर्षीय दिल बहादुर राना, १८ वर्षीय जयम रुचाल र २९ वर्षीय निलेश रहेको प्रहरीले बताएको छ ।

प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई उनीहरुलाई थप अनुसन्धान गरिरहेको जनाएको छ ।