२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


शेयर बजारमा गिरावट


0
Shares

काठमाडौं, चैत १६ । सोमबार पनि शेयर बजारमा सामान्य गिरावट आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले ओरालो लागेर २५ सय ४३ कायम भएर थामियो ।

यस दिन कोबार पनि खुम्चियो ।

लघुवित्त, जलविद्युत र वित्त समूह बाहेक अरु सबै समूह रातो रहे ।

व्यापार समूहमा सबैभन्दा उच्च २ सय ४४ अंक अनि होटल तथा पर्यटन समूह पनि १ सय ४४ अंकले ओरालो लागे ।

बीमा, अन्य र उत्पादनमूलक समूह दोहोरो अंकले ओरालो लाग्दा अरु समूह सामान्य अंकले रातो रहेका हुन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ९ कम्पनीको ९१ लाख ३८ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।