काठमाडौं, चैत १३ । वैदेशिक रोजगार विभागले अनुगमन गर्दा प्यारागन म्यानेजमेन्ट प्रालिका सञ्चालक रङ्गेहात फेला भेटिएका छन् ।
वैदेशिक रोजगार विभागको टोलीले अनुगमन गर्ने क्रममा म्यानेजमनेन्टका सञ्चालकलाई प्रतिव्यक्ति २ लाख २० हजारका दरले रकम असुल गर्दै गरेको अवस्थामा फेला पारेको हो ।
नुवाकोट घर भएका सञ्चालकले कतारमा बाइक राइडरका लागि पठाउने भन्दै ३ युवाबाट १ लाख ५० हजार लिएको अवस्थामा विभागको टोलीले रङ्गेहातै भेटेको हो ।
नुवाकोटका राजन सुनार, इटहरी र ताप्लेजुङका एक–एक जना युवाबाट उक्त रकम उठाउन खोजिएको हो ।
पीडित युवाहरुका अनुसार कम्पनीले २ जना युवाबाट ६/६० हजार र एक युवाबाट ५० हजार रकम यसअघि नै लिइसकेको र भिसा आएपछि थप रकम दिनुपर्ने स्बताएको थियो ।
फ्रि भिसा र फ्रि टिकमा सकेत कामदार लुटिने र दलाल मोटाउने क्रम बढ्दै गएको छ ।








प्रतिक्रिया दिनुहोस्