२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


इंग्ल्याण्ड र भारतबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै


0
Shares

एजेन्सी । इंग्ल्याण्ड र भारतबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । पुणेमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेपछि सुरु हुनेछ ।

पहिलो एक दिवसीय क्रिकेट ६६ रनले विजयी भएको भारत आजको खेल पनि जित्दै सिरिज आफ्नो पक्षमा पार्ने योजनामा छ । तीन एकदिवसीय सिरिसजमा भारत १–० ले अघि रहेको छ ।

आजको खेल जितेमा एक खेल अगावै भारतले सिरिज जित्ने छ भने भारत पराजित भएमा सिरिजको छिनोफानो अन्तिम खेलबाट हुनेछ ।तर, भारत र इंग्ल्याण्ड दुवै टिमलाई खेलाडीको चोटले समस्यामा पारको छ । इंग्ल्याण्डका कप्तान इयोन मोगर्न घाइते भएपछि उनको ठाउँमा जोस बट्लरले कप्तानी गर्दैछन ।