२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


लोक सेवाले माग्यो अधिकृतदेखि सहायकसम्मका कर्मचारी


0
Shares

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ।

विभागले १ सय ४ जना कर्मचारी माग गरेको छ । जसमा २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक छन् ।

अनुसन्धान अधिकृतको न्यूनतम योग्यता स्नातक, अनुसन्धान सहायकका लागि प्रवीणता प्रमाणपत्र र सहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्तीर्ण हुनुपर्नेछ।