काठमाडौं, चैत १२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ ।
अर्थमन्त्री पौडेलले व्यवसाय अभिवृद्धि र संरक्षणमा उत्तिकै ध्यान दिने बताउदै राजस्व चुहावट गर्ने दोषीले उन्मुक्ती नपाउने गरी काम गर्न निर्देशन पनि दिनुभयो ।
केन्द्रिय राजस्व चुहावट नियन्त्रणको बैठकमा अर्थमन्त्री पौडेलले स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउने र समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो ।
उहाँले प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको पनि बताउनुभयो ।आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भएको छ ।
२०७७ साल फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ ।
जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७. ८० प्रतिशत हो ।








प्रतिक्रिया दिनुहोस्