Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


अनलाइनबाट औषधि बिक्री बितरण नगर्न विभागको निर्देशन


0
Shares

काठमाडौं, चैत १२ । औषधि व्यवस्थापन विभागले अनलाइन र सामाजिक सञ्जालको माध्यमबाट औषधि बिक्री बितरण नगर्न निर्देशन दिएको छ ।

गैरकानूनी रुपमा सामाजिक सञ्जाल र अनलाइन मार्फत औषधि बिक्री तिरण निकै हुने गरेको जन गुनासो बढेको भन्दै विभागले औषधि बिक्री बितरण तत्काल रोक्न निर्देशक दिएको हो ।

विभागले बिहीबार सूचना जारी गरी औषधि ऐन २०३५ को दफा १९ बमोजिम औषधिको भुटो वा भ्रामक प्रचार प्रसार गर्न नहुने कानुनी व्यवस्थाको विपरित गएर अनलाइन फार्मेसीको नाममा विभिन्न छुट्को व्यवस्था सहित औषधी विक्री वितरण प्रति विभागको गम्भिर ध्यान आकृषण भएको समेत जनाएको छ ।

दर्ता नभइकन अनलाइन फार्मेसीको नाममा बिक्री हुदै आएको औषधिको सुरक्षितता, गुणस्तरियता र प्रभावकारीता सम्बन्धमा उपभोक्ता आफै जिम्मेवार हुनु पर्ने भन्दै यस्ता कार्य गर्न गराउन रोक्न सबैलाई आग्रह गरिएको छ ।

अन्यथा नियम अनुसार कारवाही हुने समेत विभागले जनाएको छ ।