कांग्रेस महाधिवेशनमा हिन्दुराष्ट्रको प्रस्ताव आउँछ : शशांक • Image Khabar Image Khabar


कांग्रेस महाधिवेशनमा हिन्दुराष्ट्रको प्रस्ताव आउँछ : शशांक


Imagekhabar
९ आश्विन २०७६, बिहीबार १७:२४

कांग्रेस महाधिवेशनमा हिन्दुराष्ट्रको प्रस्ताव आउँछ : शशांक

रामेछाप, असोज ९ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको प्रस्ताव आउने बताएका छन् ।

बिहीबार रामेछापमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले महासमिति बैठकमै ८०० जना प्रतिनिधिले हिन्दुराष्ट्रको माग गर्दै हस्ताक्षर बुझाइसकेकाले उक्त विषय महाधिवेशनमा प्रवेश गर्ने बताए ।

हिन्दुराष्ट्रको मुद्दा बलियोरुपमा अगाडि आएको भन्दै उनले कांग्रेस महाधिवेशनमा उक्त प्रस्ताव बलियोरुपमै आउने बताए ।

पार्टीमा घात–अन्तर्घातका कारण कांग्रेस कमजोर भएको भन्दै उनले अन्तर्घात नहुने हो भने कांग्रेसलाई कसैले पनि हराउन नसक्ने जिकिर गरे ।

कुरालेमात्रै देशमा समृद्धि र सुख आउँदैन भन्दै महामन्त्री कोइरालाले वर्तमान सरकारले कोरा सपनामात्रै बाँडेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्