Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


पठाओ अंकित कपडा नलगाउन राइडरहरुलाई आग्रह, राइड भने निरन्तर चल्ने


0
Shares

काठमाडौं । ९कोभिड–१९० संक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओ अंकित कपडा नलगाउन राइडरहरुलाई पठाओ नेपाल प्रालिले आग्रह गरेको छ ।

पठाओले कोरोनाको समयमा सरकारले जारी गरेको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) अर्को सुचना नआएसम्म प्रयोग नगर्न आग्रह गरेको हो ।

पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले एक प्रेस विज्ञप्ती जानकारी गदै पठाओ सेवालाई थप ब्यवस्थित गर्न तथा अफलाइन राइडको विकृति निरुत्साहित गर्ने उद्देश्यले यस्तो निर्णय लिएको जानकारी दिनुभयो।

तर राइड सेवा भने निर्वाध चल्ने जारी विज्ञप्तीमा उल्लेख छ । सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने उहाँको भनाइ छ। ट्याक्सि चालकहरुले पठाओलाई प्रतिस्पर्धी मान्दै त्यसको विरोध गर्दै आएका छन्। भने सोमबार पठाओ राइडर र ट्याक्सी चालकबीच झगडा समेत भएपछि प्रहरीले छलफल अघि बढाएको थियो ।