१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


म्यानमारमा प्रहरीको गोली लागि सात वर्षीया बालिकाको मृत्यु


0
Shares

एजेन्सी । म्यानमारमा प्रहरीको गोली लागि सात वर्षिया एक बालिकाको मृत्यु भएको छ ।

आफ्नै घरमा रहेकी ती बालिकालाई प्रहरीले गोली हानी हत्या गरेको परिवारले दावी गरेको छ ।

यद्यपी प्रहरीले भने प्रदर्शनमा सहभागी रहेकै बेला ती बालिका मारिएको दाबी गरेको छ ।

म्यानमारको सैनिक शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीको दमन कायम रहेकै बेला बालिकाको गोली लागि मृत्यु भएसँगै म्यानमार सरकारको चौतर्फी बिरोध भएको छ ।

म्यानमारको सेनाले प्रदर्शकारी मारिएको घटनाप्रति दुःख व्यक्त गर्दै अराजक गतिविधि निम्त्याएका कारण गोली चलाउन बाध्य भएको जनाएको छ ।

गत फेब्रुअरीदेखि चर्केको आन्दोलनका क्रममा हालसम्म २० बालबालिका मारिएका छन् । सेनाले हालसम्म १ सय ६४ प्रदर्शनकारी मारिएको दाबी गरेपनि २ सय ६१ प्रदर्शनकारी मारिएको एक तथ्यांकले देखाएको छ ।

गोली चलाउँदा कम्तिमा एक दर्जन प्रदर्शनकारीको मृत्यु भएको छ । रंगुन, दाबेई र मण्डले शहरमा सबैभन्दा धेरै प्रदर्शनकारी हताहत भएको जनाइएको छ ।

सैनिक शासन विरुद्ध नागरिक अवज्ञाको क्रम बढ्दै जाँदा सुरक्षाकर्मीहरुले सडक प्रदर्शनविरुद्ध बल प्रयोग बढाउँदै लगेका छन् ।

यद्यपी प्रदर्शनकारीहरुले भने म्यानमारको बिभिन्न शहरका हालसम्म पनि प्रदर्शन जारी नै राखेका छन् ।