Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


अमेरिकाको कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको हत्या


0
Shares

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीको गोली प्रहारबाट एक प्रहरीसहित १० जना मारिएका छन् ।

कोलोरोडोको बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । घटना लगत्तै बन्दुकधारीलाई प्रहरीले जवाफी कारबाही गरी घाइते अवस्थामा नियन्त्रणमा लिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले घटना प्रति दुख ब्यक्त गर्दै अमेरिकामा सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्था भएका कारण बेला बेलामा यस्ता घटना हुने गरेको भन्दै यसबारे समीक्षा गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ ।

घटना लगाएत सो स्थलमा सुरक्षा ब्यबस्था कडा पारिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।

एजेन्सी