Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सामुदायिक रेडियोहरू मर्मअनुसार चलेनन्, नियमन आवश्यक छ– सञ्चारमन्त्री गुरुङ


0
Shares

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरू यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियोहरू सामाजिक रुपान्तरणको नभइ पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेको भन्दै यसको नियमन गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

मन्त्री गुरुङले सामुदायिक रेडियोहरू समुदायको निम्ति भन्दा पनि पार्टी र नेताहरूको चुनावी प्रचार प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्न नियमन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गुरुङले सामुदायिक रेडियोहरूले आफूले उत्पादन गर्ने समाचार तथा विषयवस्तुहरूको विषयमा पनि नीतिगत रूपमा बहस गर्नुपर्ने बताउनुभयो ।

केही समयभित्रै मन्त्रालयले सेवाग्राहीको हितमा गर्ने सम्पूर्ण कामहरू अनलाइनबाटै गर्न सकिने व्यवस्था गर्न लागेको पनि उहाँले बताउनुभयो । सामुदायिक रेडियो प्रशारक संघका देशभरका ३ सय भन्दा बढीसामुदायिक रेडियोहरू आबद्ध छन् ।