
एजेन्सी । मुखको शल्यक्रिया गरेकी पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले मियामी ओपन टेनिस नखेल्ने भएकी छिन् ।
शल्यक्रियाका कारण विलियम्सले मियामी ओपनबाट नाम फिर्ता लिएकी हुन् । ३९ वर्षीय सेरेना मियामी ओपनमा आठ पटकको च्याम्पियन हुन् ।
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेना गत जनवरीमा भएको अष्ट्रेलियन ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन् ।
अष्ट्रेलियन ओपनमा सेरेना जापानकी नोआमी ओसाकासँग पराजित भएकी थिइन् । ओसाकाले नै अष्ट्रेलियन ओपन जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्