‘जनताले कम्युनिस्ट शासन ल्याउन भोट हालेका होइनन्’ • Image Khabar Image Khabar


‘जनताले कम्युनिस्ट शासन ल्याउन भोट हालेका होइनन्’


Imagekhabar
८ आश्विन २०७६, बुधबार १८:३६

‘जनताले कम्युनिस्ट शासन ल्याउन भोट हालेका होइनन्’

चितवन, असोज ८ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् ।

बुधबार चितवनमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने–‘जनताले कम्युनिस्ट शासन ल्याउन भोट हालेका होइनन् ।’

सरकारले प्रेस स्वतन्त्रता कुन्ठित गर्ने र मानवअधिकारमाथि प्रहार गर्ने गरेको आरोप लगाउँदै उनले चिनियाँ राजनीति नेपालमा भित्रिए कम्युनिस्टहरुलाई नै घातक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्