सोङ ताओ स्वदेश फिर्ता • Image Khabar Image Khabar


सोङ ताओ स्वदेश फिर्ता


Imagekhabar
८ आश्विन २०७६, बुधबार १४:५८

सोङ ताओ स्वदेश फिर्ता

काठमाडौं, असोज ८ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ बुधबार स्वदेश फर्किएका छन् ।

सी चिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको विचारात्मक छलफल कार्यक्रममा सहभागी भएर उनी बुधबार चीन फर्किएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका थिए ।

कार्यक्रममा उनीसहित चिनियाँ कम्युनिस्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार नेपाल आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्