
बैतडी, चैत ६ । देहिमाडौंको टोली बैतडीमा जारी उपमेयर कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा सुरक्षित भएको छ ।
शुक्रबार सम्पन्न खेलमा देहिमाडौंले दनपा ११ नागार्जुनलाई १७ रनले पाखा लगाउदै सेमिफाइनलमा पुगेको हो ।
देहिमाडौंले दिएको १ सय ४७ रनको लक्ष्य पन्छाएको नागार्जुनले १ सय २९ रन मात्रै बनाउन सक्यो ।
जसमा निर्मला भण्डारीले सर्वाधिक ३५ रन जोडिन् ।
देहिमाडौंका लागि बसन्ती बोहरा, ललिता बोहरा र निर्मला बोहराले समान १÷१ विकेट हात पारे र नागार्जुनका ३ ब्याट्सओम्यान रनआउट भएका थिए ।
यसअघि दशरथचन्द खेल मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको देहिमाडौंले निर्धारित २० ओभरमा पिंकी बोहराको नटआउट ४८ रनको मद्दतमा १ सय ४६ रन बनाएको थियो ।
नागार्जुनका लागि निर्मला भण्डारी र मानमती चन्दले समान २÷२ विकेट हात पारे ।
खेलमाम्यान अफ द म्याच देहिमाडौंकी पिंकी बोहरा चुनिइन् । यस्तै अर्को खेलमा दनपा ९ ग्वाल्लेकले दनपा ८ त्रिपुरालाई ९ विकेटले हराएको छ ।
त्रिपुराले दिएको ८० रनको लक्ष्य ग्वाल्लेकले ९ ओभरमा १ विकेटको नोक्सानीमा पुरा गर्यो ।
जसमा तुलसी जोशीले २४ रन जोडिन् । त्रिपुराकी माया रानाले १ विकेट हात पारिन् ।
यस अघि त्रिपुराले २० ओभरमा ६ विकेटको क्षतीमा ७९ रन बनाएको थियो ।
जसमा माया रानाले नटआउट १६ रन जोडिन् ।
प्रतिक्रिया दिनुहोस्