
काठमाडौं, चैत ६ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको चाल्नाखेलस्थित खहरे जङ्गलमा २ जना किशोरको शव भेटिएको छ ।
सिन्धुपाल्चोक जिल्ला चौतारा पोखरे घर भैइ काठमाडौको बाङ्गेमुढा बस्दै आएका बर्ष १६ का अर्जुन खडका र काभ्रे जिल्ला भुम्लु घर भई कठमाडौको भेडासिं बस्दै आएका बर्ष १७ का मङ्गल तामाङ्गको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जना हिजोदेखि हराएका थिए ।
अर्जुन खड्का त्यौडको बिद्यालयमा कक्षा १० मा पढ्दै थिए भने मङ्गल तामाङ क्षेत्रपाटी स्थित जुद्दोदय माध्यामिक बिद्यालयमा कक्षा १० मा पढ्दै थिए ।
घटनास्थलमा सेल्फस नामक किटनासक बिषादीको २ वटा बट्टा फेला परेकाले उनीहरुले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
दुई वटा शव झण्डै २ सय मिटरको दूरीमा फेला पारिएको हो ।
महानगरिय प्रहरी परिसर काठमाडौं, कीर्तिपुर प्रहरी बृत र अपराध अनुसन्धान महाशाखाको टोलीले घटनाको छानविन अघि बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस्