१२ चैत्र २०७९, आइतबार | Mon Mar 27 2023


व्यवसायिक खेती गर्ने किसानलाई हाते ट्याक्टर वितरण


0
Shares

धनकुटा, जेठ ३१ । गोरु जोतेर गरिने परम्परागत कृषिलाई विस्थापित गर्दै व्यावसायिक कृषि प्रणाली सुरु गर्ने उद्देश्यसहित धनकुटा नगरपालिकाले व्यवसायिक खेती गर्ने किसानलाई हाते ट्याक्टर अर्थात मिनी टिलर वितरण गरेको छ ।

धनकुटा नगरपालिकाले कृषि तथा पशु विकास अनुदान साझेदारी कार्यक्रम अन्तर्गत ७ वटा कृषक समूहलाई एक÷एक वटा हाते ट्याक्टर वितरण गरेको हो ।

अनुदान कार्यक्रममा नगरपालिकाको ५ लाख ११ हजार र कृषक समूहको ९१ हजार रुपैयाँ लागेको छ ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले व्यावसायिक कृषि प्रणालीको सुरुवात गर्न आगामी दिनमा अरु किसानलाई पनि हाते ट्याक्टर उपलब्ध गराउने जानकारी दिए ।