कांग्रेसको जागरण अभियान सकिंदै, काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन • Image Khabar Image Khabar


कांग्रेसको जागरण अभियान सकिंदै, काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन


Imagekhabar
७ आश्विन २०७६, मंगलवार १६:४३

कांग्रेसको जागरण अभियान सकिंदै, काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज पूरा हुँदैछ ।

देभरका प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा बिरुवा रोपेर सुरु भएको जागरण अभियान ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेर समापन हुँदैछ ।

यसै कार्यक्रम अन्तर्गत मंगलबार काठमाडौमा विरोध र्‍याली निकालिएको छ ।

नेता गोपालमान श्रेष्ठको नेतृत्वमा शान्ति वाटिकावाट निकालिएको र्‍याली नगरको विभिन्न भागको परिक्रमा पछि पुनः शान्तिवाटिका पुगेर समापन भएको थियो ।

र्‍यालीमा काँग्रेस आवद्ध विभिन्न भ्रातृ संगठनका नेता कार्यकर्ताको सहभागिता थियो ।

विरोध र्‍यालीमा सहभागीहरुले अलोकतान्त्रिक विधेयकहरुको खारेजी, भ्रष्टाचारीलाई कारवाही र महिला हिंसाको अन्त्य, बलात्कारीलाई कारवाही गर्न सरकारको ध्यनाकर्षण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्