
काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानेपा युथ क्लब र सामाजिक युवा क्लबबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र सानोगौचरण युथ क्लबबीच खेल हुनेछ । मनोहरा र सानोगौचरण बीचको खेल दिउँसो साढे ३ बजे हुनेछ ।
मनोहरा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने सानोगौचरण पहिलो जितको खोजीमा रहेको छ ।
यही चैत २४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेका दुई टिमले प्ले अफ खेल खेल्नेछन् । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्