
web pic 
	    काठमाडौं । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ११ तेनुहवामा हिजो ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
दुर्घटनामा मोटरसाईकल चालक लुम्बिनी साँस्कृतिक नगरपालिका ७ का दिपक कुर्मी र निजको श्रीमती २६ वर्षिया माया कुमी घाईते भएका थिए ।
घाईते दुबैको भिम अस्पताल भैरहवामा उपचार भैरहेकोमा माया कुर्मीको भने साढे ५ बजे मृत्यु भएको हो ।
हिजो बेलुकी ५ बजे भारतिय नम्बरको ट्रकले कुर्मी दम्पती सवार रहेको लु १२ प ६१०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्