Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


निगमको वाईडवडी बिमान थन्कियो


0
Shares

काठमाडौं, चैत ४ । कोरोनाले थला परेको र अर्बाै ऋणमा डुबेको नेपाल वायुुसेवा निगमको वाईडवडी बिमान पनि थला परेको छ ।

करिब १ महिना अघि जहाज अवतरण गर्दा धावनमार्गमा ठोक्किएर हार्ड ल्यान्डिङ भएपछि वाईडवडी ३३०-२०० अन्नपुर्ण थन्किएको हो ।

करिब १ महिनाअघि धावनमार्गमा ठोक्किएपछि विमान थला परेको हो ।

निगमले विमान बनाउन अझै ५० करोड बढि लाग्ने जनाएको छ ।

यसरी विमान थला परेपछि वायुसेवा निगमले सो विमान बनाउनका लागि लागत अनुमान गरि एयरबसलाई पठाएको छ तर जानकारी भने आएको छैन, यद्यपी निगमले भने ५० करोड सम्म लाग्ने जनाएको छ ।

जहाज जुन गतिमा ल्यान्ड गर्नुपर्ने हो, त्यो भन्दा गति बढेर अवतरण गर्दा हार्ड ल्यान्डिङ हुन्छ ।

पुस २४ गते हार्ड ल्यान्डिङ गराइएको विमान एक महिनासम्म थाहै नदिई उडाइएको थियो भने त्यसको १ महिनापछि मात्रै निगमलाई जानकारी गराइएको थियो ।

निगमले थाहा पाएपछि मात्रै यात्रुहरुको सुरक्षाका लागि विमान ग्राउन्डेड गरिएको निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले जानकारी दिनुभयो ।

निगमले छिटो चलाउने गरि निगमले तयारी गरिरहेको दाबी गरेको छ ।

यो विमान बनाउन अझै केही हप्ता लाग्ने निगमले जनाएको छ । निगमलाई धेरै पछि मात्रै जानकारी आउँदा हजारौं यात्रुहरुले असुरक्षित यात्रा गर्न बाध्य भएका थिए ।