राजपा अध्यक्षमन्डलको संयोजकमा पुनः महन्थ ठाकुर • Image Khabar Image Khabar


राजपा अध्यक्षमन्डलको संयोजकमा पुनः महन्थ ठाकुर


Imagekhabar
६ आश्विन २०७६, सोमबार १४:३८

राजपा अध्यक्षमन्डलको संयोजकमा पुनः महन्थ ठाकुर

काठमाडौं, असोज ६ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलको संयोजकमा पुनः महन्थ ठाकुर तोकिएका छन् ।

यसअघिका संयोजक राजकिशोर यादवको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्षमन्डलको बैठकले सोमबारदेखि लागू हुनेगरी ठाकुरलाई संयोजक बनाउने निर्णय गरेको हो ।

एकता महाधिवेशन नहुन्जेलसम्म आलोपालो पार्टीको नेतृत्व गर्ने पार्टी विधानको व्यवस्थाअनुसार ठाकुर दोस्रोपटक अध्यक्षमन्डलको संयोजक तोकिएका हुन् ।

संयोजकको कार्यकाल दुई महिनाको हुने व्यवस्था छ ।

वि.सं. २०७४ साल वैशाख पहिलो साता मधेसकेन्द्रित विभिन्न ६ ओटा राजनीतिक दल मिलेर राजपा नेपाल गठन भएको थियो ।

राजपा गठनपछि एक वर्षसम्म ठाकुर नै अध्यक्षमन्डलको संयोजक रहेका थिए । एक वर्षपछि राजेन्द्र महतो संयोजक तोकिएका थिए । त्यसपछि प्रत्येक दुई महिनामा संयोजक फेरिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्