Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


जोशीका सहयोगीले भने, ‘बजार हल्लाजस्तो होइन, स्वास्थ्य स्थिर छ’


13
Shares

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य स्थिर रहेको छ ।

मष्तिष्क घात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य स्थिर रहेको उहाँका सहयोगी पुष्कर पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जोशीको उपचार भइरहेको छ, स्वास्थ्य स्थिर छ, तर बजार हल्ला जस्तो केही होइन् ।’

पाण्डेले सामाजिक सञ्जालमा आएका कुराहरुले दुखी बनाएको पनि बताउनुभयो ।

जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा श्रदाञ्जली आइरहेको छ । तर परिवार र अस्पतालले भने जोशीको उपचार भइरहेको जनाएका छन् ।

नर्भिक अस्पतालले जोशीको अवस्था स्थिर र गम्भीर भएको तर उपचार भइरहेको जनाएको छ । गएरातिबाटै जोशीको मृत्यु भएको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पतालले विज्ञप्ति जारी गरेको हो ।

फागुन १४ गते अस्पताल भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।